वि.सं.२०८३ जेठ ८ शुक्रवार

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्ध लगातार दोस्रो खेल पनि जित

khanepani

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको दोस्रो टी-२० खेल पनि जितेको छ । शुक्रबार सम्पन्न दोस्रो टी- २० मा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ८३ रनको लक्ष्य पछाएको नेपालले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३९ रन बनाएकी थिइन् भने कविता कुँवरले १९ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो ।

यसअघि बुधबार सम्पन्न पहिलो खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।

नेपालले अब मे २५ देखि एशियन गेम्स क्वालिफायर्स अन्तर्गतका खेल खेल्दैछ भने जुन ३ देखि एसीसी वुमन्स प्रिमियर कप खेल्दैछ ।

ranechhap