काठमाडौँ । नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर प्रदर्शन गर्ने भएको छ ।
सर्वोच्च अदालतले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्धको रिट दर्ता नगरेको विरोधमा नेपाल बारले आज लाल्टिन बालेर विरोध गर्ने बताएको छ ।
सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएपनि सर्वोच्च प्रशासनले सो आदेशको अवज्ञा गरेको छ ।
सोमबार बसेको नेपाल बारका पदाधिकारीको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक ‘रबैया’ देखाएको टिप्पणी गरेको छ ।








































