वि.सं.२०८३ भदौ २७ शनिवार

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

khanepani

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका–१२, हर्कपुरमा दुई बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ६: ५० बजे पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

ranechhap