वि.सं.२०८३ जेठ २७ बुधवार

नेपाली बजारमा आज सुन तोलाको ८ सयले बढ्यो, चाँदीको मुल्य घट्यो

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको २ लाख ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५०४० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०६० मा कारोबार भएको थियो ।

ranechhap