वि.सं.२०८३ वैशाख ३ बिहीवार

एनआईसी एशिया बैंकका तीन दर्जन बढी शाखा कार्यालय बन्द, यस्तो छ कारण

khanepani

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ठूलो सङ्ख्यामा शाखा कार्यालय बन्द गरेको छ । बैंकले एकैचोटी चार वटा प्रदेशका ४४ वटा शाखा कार्यालय समायोजन गरी बन्द गरेको हो ।

बैंकले बिहीबारदेखि ती शाखा कार्यालयहरू एक आपसमा समायोजन गरेर सञ्चालनमा रहने कार्यालयहरूबाट बैंकिङ सेवा दिन शुरु गरेको छ ।

काठमाडौंको नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार बोहोराटार, माछापोखरी, ढुङ्गेधारा–नर्सरी चोक न्यूरोड खिचापोखरी, भोटाहिटि, किलागल, तिन्चुली, चाबहिल, नरेफाट, बालुवाटार, अनामनगर, शंखमुल, मध्य बानेश्वर, खसीबजार, कपन, गोंगबु सोह्रखुट्टे, टेकु, सिनामंगल, मित्रपार्क र कालोपुल शाखा कार्यालय बन्द भएका छन् ।

त्यस्तै, ललितपुरको लगनखेल, मंगलबजार, सानेपा, ग्वार्काे, खुमलटार, खोकना शाखा बन्द गरेको छ । बैंकले चितवनमा रहेको बसेनी शाखा कार्यालय पनि समायोजन गरेको छ ।

बैंकको कास्कीमा रहेको पावरहाउस चोक, बुढीबजार, बाझापाटन, महेन्द्रपुल–पोखरा, बगर र बिरौटा शाखा कार्यालय बन्द गरेको छ । मोरङमा रहेको विराटनगर मेनरोड, हाटखोला, रानी मिल्स एरिया र पर्सामा रहेको लिंक रोड, पावरहाउस चोकमा रहेको शाखा कार्यालय समायोजन गरिएको छ ।

ranechhap