कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले शुरू गरेको खाद्यान्न वितरणु अभियान अन्तर्गत बाणगंगा ८ को एक परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
बाणगंगा ८ विपन्न परिवार दुबी थारुको परिवारलाई चामलसहितका खाद्यान्न हस्तान्तरण गरेको हो । नयाँ बर्षको अवसरमा क्लबका अध्यक्ष अमृत गिरीको नेतृत्वमा गएको टोलीले गरे ७५ किलो चामलसहित खाद्यान्न हस्तान्तरण गरेका थिए ।
आर्थिक अवस्था कमजोर रहेकी थारुको परिवारलाई क्लबले चामलसहित दैनिक खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष गिरीले जानकारी दिएका छन् । सो अवसरमा क्लबका सदस्य तथा स्थानीय अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष गिरीका अनुसार यस बर्ष खाद्यान्न वितरण अभियानलाई अगाडी बढाउदै जिल्लाका विपन्न परिवारको पहिचान गरेर वितरण गर्ने कार्यक्रम रहेको बताए ।
ग्यालेक्सी युथ क्लबले जिल्लामा विभिन्न अभियान संचालन गर्दै सामाजिक कार्य गर्दै आएको छ । क्लबले सरसफाई अभियान सफा कपिलवस्तु अभियानु, सपना बोक्ने झोलाु अभियानसहितका विभिन्न अभियान संचालन गर्दै आएको आएको छ ।
ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व युवा अभियन्ता अमृत गिरीले गरेका छन् ।







































