वि.सं.२०८३ वैशाख २ बुधवार

सन्तोष परियारले भने, ‘मैले राजीनामा दिएको छैन, गलत हल्ला गरियो’

khanepani

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा गठित प्रगतिशील लोकतान्त्रिक पार्टी ६ महिनामै छिन्नभिन्न हुनेतिर अघि बढेको छ।

तत्कालीन माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपा छाडेर आएका सन्तोष परियार र नेसपा (नयाँ शक्ति) मिलेर बनेको प्रलोपा भद्रगोल अवस्थामा पुगेको हो।

फागुन २१ को प्रतिनिधि सभाको चुनावमा एक सीट पनि जित्न नसकेपछि प्रलोपाका शीर्ष नेताहरूले पार्टी छाड्ने लहर नै चलेको छ। प्रलोपाका अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती, दुर्वा सोव र ओजस्वी भट्टराईले पदबाट राजीनामा दिइसकेका छन्।

यहीबीच अध्यक्ष परिषद्का अर्का नेता सन्तोष परियारले पनि राजीनामा दिएको चर्चा चलिरहेको छ। यद्यपि, उनले आफूले पार्टी नछाडेको जिकिर गरे।

उनले भने, ‘ह्वाट्सएप ग्रुपमा अब यसरी हुँदैन। चुनावी समीक्षा भएको छैन। छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने ढङ्गले मैले लेखेको थिए। तर राजीनामा दियो भन्ने ढङ्गले प्रचार गरियो त्यस्तो होइन।’

उनले अन्य नेताहरूले राजीनामा दिएको विषयमा छलफल गर्नको लागि पार्टी बैठक बस्ने तयारी भइरहेको बताए। उनले थपे, ‘हामी चाँडै बैठक बस्दै छ। बैठकले थप निर्णय लिन्छ।’

ranechhap