वि.सं.२०८३ वैशाख २ बुधवार

गगनलाई केदारले भने, ‘हामीले सिंगो कांग्रेसको सभापति बनाएका हौँ, अराजक कविलाको नाइके होइन’

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

विशेष महाधिवेशनबाट आफूहरूले सिङ्गो कांग्रेसको सभापति बनाएको भएपनि त्यस्तो व्यवहार नदेखाएको भन्दै असन्तुष्टि जनाएका हुन्।
शेखर कोइरालानिकट मानिएको नेता कार्की पनि विशेष महाधिवेशनमा सहभागी भएका थिए।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले भनेका छन्, ‘पञ्चायतको निरङ्कुश सरकारले धम्की दिँदा, कठघरामा उभ्याउँदा, आर्मी र पुलिसको बुटले शरीरका अङ्ग अङ्ग मा बजार्दा, सँगै भएको साथीलाई आँखा अगाडि गोली ठोक्दा नेपाली कांग्रेस जिन्दावाद, प्रजातन्त्र जिन्दावाद, जय नेपाल भनेर नारा लगाउने, माओवादीले छानिछानी रुखमा बाँधेर घाँटी रेटेर मार्दा वि।पी।, सुवर्ण समशेर, किसुनजी, गिरिजाप्रसादहरूले दिएको सदस्यता इजरमा बाँधेर सुरक्षित राख्नेहरूलाई संवाद होइन कारबाहीको धाक देखाउनु अतिवाद हो।’

उनले विशेष महाधिवेशनबाट सिङ्गो कांग्रेसको सभापति बनाएको बताएका छन्।

उनले थपेका छन्, ‘दास, लास, अश्लील, अराजक, अनुशासनहीन कविलाको नाइके बनाएको होइन। संवाद गर्नुस् समाधान निकाल्नुस् जिम्मेवार हुनुस्। सबै मिलेर एक नेपाली कांग्रेसको नियमित महाधिवेशन गरौँ।’

उनले संवाद नै समाधानको उपाय भएको कुरालाई ध्यान दिन सुझाएका छन्।

ranechhap