वि.सं.२०८२ फागुन १ शुक्रवार

प्रचण्ड-माधवले गरे केन्द्रीय निर्वाचन परिचालन सचिवालय सदस्यको कार्यविभाजन, कसलाई के जिम्मेवारी ?

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ गते हुने निर्वाचनको लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले अपानी जारी गर्दै नेताहरूलाई निर्वाचन केन्द्रित जिम्मेवारी दिएको जानकारी गराएका हुन्।

नेकपाले केन्द्रीय समितिका सबै सदस्यहरू, पूर्व घटकका केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय सल्लाहकार परिषद् केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र संसद्हरू, जनवर्गीय सङ्गठनका केन्द्रीय पदाधिकारीहरू, प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रमा बन्ने निर्वाचन परिचालन समितिका संयोजक र सहसंयोजकहरू रहेको केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

निर्वाचन परिचालन समितिको सचिवालयमा संयोजक प्रचण्ड, सहसंयोजक नेपालसहित सदस्यहरू झलनाथ खनाल, बामदेव गौतम, अग्नि सापकोटा,जगन्नाथ खतिवडा, देव गुरुङ, पम्फा भुसाल, प्रमेश हमाल, डा. बेदुराम भुसाल, डा.मुक्ति प्रधान, रञ्जिता श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, र लिलामणी पोखरेल रहेका छन्।

उक्त सचिवालयको सचिव प्रमेश हमाल र सचिवालयको कार्यालय सचिवमा गोविन्द आचार्य रहेका छन्।

-अनुगमन

कोशी प्रदेशः डा.बेदुराम भुसाल

मधेस प्रदेशः अग्नि सापकोटा

बागमती प्रदेशः राजेन्द्र श्रेष्ठ

गण्डकी प्रदेशः देव गुरुङ

लुम्बिनी प्रदेशः पम्फा भुसाल

कर्णाली प्रदेशः प्रमेश हमाल

सुदूरपश्चिम प्रदेशः रन्जिता श्रेष्ठ

-मिडिया सञ्चालन तथा प्रचार

संयोजकः अग्नि सापकोटा

सहसंयोजकः जगन्नाथ खतिवडा

-घोषणापत्र तथा अपिल प्रकाशनः डा. बेदुराम भुसाल
-शान्ति सुरक्षा अनुगमनः देव गुरुङ

-निर्वाचन आयोग तथा कानुनी विषयः डा.मुक्ति प्रधान

-आर्थिक परिचालनः

संयोजकः प्रमेश हमाल,

सहसंयोजकः गोविन्द आचार्य