काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा कायम गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ।
यसैगरी स्विस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ ४७ पैसा, अष्ट्रेलियन डलरको १०८ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ४८ पैसा तथा सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ०६ पैसा तोकिएको छ। यता खाडी तथा अन्य मुलुकतर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा, कतारी रियालको ४२ रुपैयाँ ०३ पैसा, युएई दिरामको ४१ रुपैयाँ ७१ पैसा तथा कुवेती दिनारको खरिददर ४९८ रुपैयाँ ४५ पैसा कायम भएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ८४ पैसा, जापानी येन १० को नौ रुपैयाँ ८४ पैसा र भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार यो विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन हुनसक्नेछ भने वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुनसक्ने जनाइएको छ।







































