वि.सं.२०८३ वैशाख ७ सोमवार

जेन्जी आन्दोलनका क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

khanepani

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा हिरासतबाट भागेका एक जना लागूऔषधसहित पक्राउ परेका छन् ।

आन्दोलनको क्रममा प्रहरी वृत्त बानेश्वरको हिरासतबाट भागेका धनकुटा जिल्लाको पाख्रीनवास नगरपालिका-५ बस्ने अन्दाजी ३१ वर्षीय डिल्ली बहादुर कटुवाललाई सशस्त्र प्रहरीले माघ २७ गते काठमाडौ गोकर्णश्वर नगरपालिका-२ स्थित नयाँ पार्टीबाट २९ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

साथै उनको साथबाट लागूऔषध तौल मेसिन १ थान, मोबाइल १ थान, र ५ हजार नेपाली रुपैयाँ समेत बरामद भएको छ ।

नियन्त्रणमा लिइएका उनलाई बरामद लागूऔषध तथा अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

ranechhap