काठमाडौँ । रामेछापको तामाकोशीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते १२ मध्ये ५ जना गम्भीर रहेका छन् । मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक(डीएसपी) भोला भट्टले जानकारी दिए ।
चालकलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली अस्पतालले सात जनाको शव आइपुगेको जनाएको छ ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस आज बिहान नदीमा खसेको थियो ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।





































