वि.सं.२०८३ वैशाख ७ सोमवार

नाउपाकी केन्द्रीय सदस्य दिलकुमारी जसपा नेपालमै फर्किइन्

khanepani

सप्तरी। जनता समाजवादी पार्टी नेपालको ‘घर फिर्ती अभियान’ अन्तर्गत नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।

सप्तरी क्षेत्र न. ३ का उम्मेदवारसमेत रहेका अध्यक्ष उपेन्द्र यादवले चौधरीसहितक़ा नेतालाई स्वागत गरे । यसअघि जसपा नेपालकी केन्द्रीय सदस्य रहेकी चौधरी पार्टी विभाजन हुँदा नागरिक उन्मुक्ति पार्टीमा गएकी थिइन् ।

उनी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाति महासंघकी मधेश प्रदेशकी उपाध्यक्ष समेत हुन्।

यसैगरी, कलाकार गोपालप्रसाद चौधरी, शिवशंकर यादव ‘शिवम’ पनि भित्रिएका छन् ।

घर फिर्ती अभियान प्रभावकारी भएको भन्दै पछिल्लो समयको पार्टी प्रवेशको लहरले उत्साही भएको केन्द्रीय सचिव शैलेन्द्र साहले बताए ।

ranechhap