वि.सं.२०८३ वैशाख ७ सोमवार

ओली काठमाडौं फर्किँदै, दीपेन्द्र अग्रवालसहितका व्यवसायीलाई एमालेमा भित्र्याउने

khanepani

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली आज काठमाडौं फर्किदैछन् ।
एमाले केन्द्रीय कार्यालयस्रोतका अनुसार शनिबार शेयर कारोबारी दीपेन्द्र अग्रवालसहितका उद्योग व्यवसायीको पार्टी प्रवेश कार्यक्रम छ । ओली उक्त कार्यक्रमका प्रमुख अतिथि हुन् । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलको प्राङ्गणमा आयोजित हुने स्रोतले जनायो ।

ओली अबको केही दिन काठमाडौंमै रहने र विभिन्न जिल्लामा आयोजना हुने निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुने पार्टीस्रोतले जनाएको छ ।

को हुन् दीपेन्द्र अग्रवाल ?

स्टक मार्केट इनभेष्टररट्रेडरका रुपमा परिचित अग्रवाल उक्त क्षेत्रका अग्रणी व्यवसायी हुन् । गत साउन ५ र पुस ४ मा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले चलाउने गरेका १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने आरोपमा पक्राउ परेका थिए । सेयर मूल्य निश्चित तहमा पुर्‍याएपछि उनले सेयर बिक्री गर्थे ।

आफैं खरिद गर्ने र आफैंले बिक्री गर्ने क्रममा धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने गरेको प्रहरीले जनाएको थियो । उनले तिर्नुपर्ने पैसा नतिरेपछि पीडितले धितोपत्र बोर्डमा उजुरी गरेका थिए ।

दोस्रोपटक प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सिआइबी० ले पुस ४ मा पक्राउ गरेको थियो। १४ गते काठमाडौं जिल्ला अदालतले ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटीमा छुटेका थिए।

ranechhap