वि.सं.२०८३ वैशाख ७ सोमवार

युवा सङ्घका दमक अध्यक्ष खतिवडाले छाडे एमाले, बालेनको पक्षमा खुले

khanepani

काठमाडौँ । नेकपा एमालेनिकट युवा सङ्घका दमक अध्यक्ष छवि खतिवडाले सङ्गठन छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका हुन्।

उनले लेखेका छन् ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा एमालेको सङ्गठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु ।’

उनले अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि जनाएका छन् ।

ranechhap