वि.सं.२०८२ कात्तिक ३० आइतवार

काठमाडौँ महानगरपालिकाले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयमा पुगे गृहमन्त्री

khanepani

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा पुगेर गृहमन्त्रीले निरीक्षण गरेका छन् । सोमबार गृहमन्त्री ओमप्रकाश अर्याल थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा पुगेका हुन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै महानगरले आइतबार डोजर पठाइको थियो । तर, जिल्ला प्रशासन कार्यालयले स्थानान्तरण गर्न समय लाग्ने भन्दै तत्काल नभत्काउन पत्राचार गरेपछि महानगरको डोजर फर्किएको थियो ।

ट्राफिक प्रहरी प्रभागको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले प्रहरी कार्यालयमा आक्रमण खोज्नु अपराध जन्य काम भएको बताए । उनले भने– ‘प्रहरी कार्यालयमा आक्रमण गर्नु उचित होइन ।’

निरीक्षणको क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले माइतीघर, थापाथली त्रिपुरेश्वर र सुन्धारा क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी रहेको थापाथली ट्राफिक प्रहरी प्रभागको वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘विकल्प नखोजीकन यहाँबाट अहिले हट्ने अवस्था छैन ।’

गुठी संस्थानको अनुमतिमा २०३१ देखि ट्राफिक प्रहरी थापाथलीमा बस्दै आएको थियो । गृहमन्त्री अर्यालले प्रहरी प्रभाग कालीमाटी र बालाजुको पनि निरीक्षण गरेका छन् ।