काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् ।
परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले बताए । पुरीका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ । दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको छ, पुरीले बताए ।
उनलाई ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।