वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितहरुले आँखामा कालोपट्टी बाँधेर गरे प्रदर्शन

khanepani

काठमाडौं । सरकारले पीडा नदेखेको भन्दै मिटरब्याज पीडितहरुले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

सिराहाको लहान नगरपालिका ३ स्थायी घर भएका सीता कुमारी मण्डल र वडा ७ स्थायी घर भएका श्याम विश्वकर्मा साहुलाई कारबाहीको माग राखेर माइतीघरमा कालोपट्टी बाँधेर धर्ना बसेका छन् ।

लहान नगरपालिका ३ स्थाइ बसोबास गर्ने मिटर ब्याजी साहु रामलोचन गुप्ता र लाहान ७ स्थायी बसोबास गर्ने राम कुमार महतो (रामबाबू) ले ऋण दिँदा जग्गा पास गरि पाँचपाँच लाख ऋण लिएको तर २१ लाख पैसा बुझाउँदा समेत जग्गा फिर्ता नगरेकोले कालो पट्टी बाँधेर प्रदर्शन गरेकाे उनीहरुले बताएका छन् ।

ranechhap