काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ३४ सयले बढेर तोलाको २ लाख ९६ हजार १ सयमा कारोबार भइरहेको छ । यस अघि विहिबार सुन तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ । यस अघि विहिबार चाँदी तोलाको ४८१० मा कारोबार भएको थियो ।








































