वि.सं.२०८३ वैशाख २१ सोमवार

ज्येष्ठ नागरिकले प्रचण्डलाई भने, ‘आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था मिलाइयोस्’

khanepani

काठमाडौं । ज्येष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ। महासंघका प्रतिनिधिहरूले अध्यक्ष निवास खुमलटारमा भेट गरी ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो ।

महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखे।

खास गरी २५०० भन्दा बढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ।

महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले महासङ्घलाई आश्वस्त पार्दै भने, ‘तपाईँहरूले उठाएका मागहरू अत्यन्तै न्यायसङ्गत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु। यी मागहरूलाई गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्ने छ।’

ranechhap