काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ३ सयले घटेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ५०२० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।








































