वि.सं.२०८३ असार १ सोमवार

प्रधानमन्त्री केपी शर्मा ओली-देउवा र प्रचण्डबीच हुने भनिएको भेट स्थगित

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज हुने भनिएको भेट स्थगित भएको छ ।

दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा हुने भनिएको भेट स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो पनि तीन नेताबीच भेटवार्ता हुने तय भएको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आजका लागि सारिएको थियो । प्रधानमन्त्री सचिवालयबाट भोलि बस्ने भनेर खबर आएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डसहितको भेट नभएपछि हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

तीन नेताबीच सदनको जारी अवरोध, सदनमा पेस भएका विभिन्न विधेयक, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

ranechhap