वि.सं.२०८३ साउन ११ सोमवार

वाईसीएलले जम्बो पदाधिकारी टीम बनाउँदा शंकर पोखरेललाई चिन्ता !

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले ७४ जना जम्बो पदाधिकारी टीम बनायो।

पार्टीको निर्देशन अनुसार सर्वसम्मत नेतृत्व चयन गर्न सबैलाई भाग पुर्‍याउनको लागि वाईसीएल पारित गरेका विधानको सीमा नाघेर पदाधिकारीको संख्या ठूलो बनायो। लामो रस्साकस्सीपछि पुष्प ओलीको नाममा सहमति जुटाएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सबैलाई मिलाएर जाँदा सोचेभन्दा पदाधिकारीको संख्या धेरै हुन गएको स्वीकारेका छन्।

तर, वाईसीएलले पदाधिकारीको संख्या ठूलो बनाउँदा एमालेका महासचिव शंकर पोखरेलले भने चिन्ता व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘वाईसीएलले ७५ जना पदाधिकारी नै बनाएछ। सङ्गठनात्मक अराजकताले सामाजिक अराजकता फैलिएकोप्रति ध्यान दिन नसक्नु दुःखद पक्ष हो।’

ranechhap