वि.सं.२०८३ वैशाख १७ बिहीवार

गभर्नरमा रस्साकस्सी : मन्त्रिपरिषद् बैठक अघि ओली र देउवाबिच भेटवार्ता हुँदै

khanepani

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटघाट हुने भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि ओली र देउवाबिच भेटवार्ता हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे अन्तिम छलफलका लागि देउवा र ओलीबिच भेट हुन लागेको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले जानकारी दिए ।

गभर्नर नियुक्तिका लागि एमाले र कांग्रेसबिच रस्साकस्सी चलिरहेका बेला हुन लागेको ओली र देउवाको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

निकटस्थ स्रोतले कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा. विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको बताउँछ । तर हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन ।

समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले त्यसमध्येबाट एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ ।

ranechhap