वि.सं.२०८३ वैशाख १७ बिहीवार

सरकारले १५ दिनमा तलब दिँदा अब कर्मचारीको एक रुपैयाँ पनि बच्दैन: वामदेव गौतम

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले सरकारले कर्मचारीहरूलाई हरेक १५ दिनमा तलब दिँदा अब कर्मचारीले एक रुपैयाँ पनि बचत गर्न नसक्ने बताएका छन्। यद्यपि, अब बजारमा पैसाको अभाव भने नहुने उनको भनाइ छ।

पूर्वमन्त्री समेत रहेका गौतमले भनेका छन्,‘बालेन सरकारले कर्मचारीहरूलाई हरेक १५ दिनमा तलब दिने व्यवस्था लागु गरेको जानकारी दिएको छ। पक्ष विपक्षमा प्रतिक्रिया आएका छन्। अब कर्मचारीले एक रुपैयाँ पनि बचत गर्न सक्ने छैनन्। सकारात्मक भनेको बजारमा पैसाको अभाव हुने छैन। पुँजीवादी अर्थशास्त्रीको बिचार यसैगरी कार्यान्वयन हुन्छ।’

उनले अधिकांश अधिक ब्याज आउने सरकारी बैङ्कको सम्बन्धित व्यक्तिको खातामा मासिक ४ हजार बचत गर्न लगाउन सुझाव दिएका छन्।

उनले थपेका छन्, ‘बजारमा पैसा पनि जाने थियो र ब्याज पनि पाउने थिए। पुँजीवादी प्रणालीमा कर्मचारीले पाउने उपलब्धि पुँजीपतिले मात्र पाउने छ। बैङ्कमा पैसा रहनुको अर्थ हुन्छ पैसा बजारको कुनै न कुनै कारोबारमा छ। त्यति मात्र होइन पुँजीपतिले अतिरक्तमूल्य बापत अरू धन प्राप्त गर्ने छ।’

ranechhap