वि.सं.२०८३ वैशाख १७ बिहीवार

कोठामा फर्किँदै गरेका युवकमाथि कुटपिट गर्ने २ जना पक्राउ

khanepani

काठमाडौं । काठमाडौंको भगवतीबहालनजिकै आफ्नो कोठामा फर्किँदै गरेका व्यक्तिमाथि कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ घर भई हाल काठमाडौं माछापोखरी बस्ने सागर सुनारलाई हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौंको गल्को पाखा बस्ने विशाल तामाङ र सिन्धुलीको हरिपुर गढी घर भई हाल काठमाडौंको ठमेलमा बस्दै आएका होमबहादुर दर्लामी छन् ।

उनीहरूले युवकमाथि आज बिहीबार बिहान ६ बजे ठमेलको भगवतीबहालनजिकै कुटपिट गरेका हुन् । डेरामा फर्किनेक्रममा उनीहरूले सागरलाई बाटो छेकेर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ranechhap