वि.सं.२०८३ वैशाख २१ सोमवार

नेपाली बजारमा बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap