वि.सं.२०८३ साउन ९ शनिवार

नेपाली बजारमा आज पनि घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदै कारोबार ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५ हजार ८ सयले घटेर २ लाख ८५ हजार ५ सयमा कारोबार भइरहेको छ । यस अघि विहिबार सुन तोलाको २ लाख ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५५ रुपैयाँले घटेर तोलाको ४३५० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४५०५ मा कारोबार भएको थियो ।

ranechhap