काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
भोलि बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
उक्त बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशनात्मक अनुरोध गरिएको उनले बताए।
बैठकले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ।





































