काठमाडौं । सालपा विकास बैंक लिमिटेडले साधारण शेयर (आईपीओ) ल्याउने भएको छ । आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव गर्दै बैंकले १३ औँ साधारण सभा बोलाएको हो ।
सभाले आईपीओ निष्कासन गर्ने प्रयोजनार्थ प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । यसका साथै बैंकले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिने जनाएको छ ।
बैंकको साधारण सभा बैंकले फागुन २७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम् फाउन्डेसनको सभाहलमा हुने भएको छ ।