05, Dec, 2024

रास्वपाले भन्यो : राज्यका शक्ति पृथकीकरणमा विश्वास छ, सत्य स्थापित हुन्छ

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ कार्तिक २०८१, मंगलवार १४:३६ | ३ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ ।

सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो ।

उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला नगरी मलाई मात्र होइन, सिंगो मुलुकलाई नै न्याय हुने गरेर हाम्रा असिम सम्भावनाहरुको प्रस्फुटन गराउन ठोस एजेण्डा र तालिका लिएर अघि बढ्नुहोस् ।’

रास्वपाले राज्यका शक्ति पृथकीकरणमा अझै विश्वास रहेको पनि जनाएको छ । देश वा व्यक्ति लडेर नै माथि उठ्ने र झुठा कुराको आयु जति लामो भए पनि सत्य स्थापित हुने पनि रास्वपाले जनाएको छ ।

सभापति लामिछाने राजनीतिमा नआउँदै सहकारीमा समस्या रहेको भन्दै रास्वपाले ५० औं वर्ष राजनीति गरेर आएकाले र अहिले सत्तामा रहेका दलले सहकारीको समस्या समाधान गर्न प्रयास नगरेको आरोपसमेत लगाएको छ ।

वर्तमान सरकार रास्वपा पार्टीसँग मात्रै नभई सामाजिक सञ्जाल प्रयोगकर्ता नागरिकसँग पनि डराएको रास्वपाले दाबी गरेको छ ।

हेर्नुहोस् रास्वपाको विज्ञप्ति :


२७ कार्तिक २०८१, मंगलवार १४:३६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading