05, Dec, 2024

अमेरिकी र क्यानेडियन डलरको भाउ बढ्दा घट्यो पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

बागमती भ्वाइस
बागमती भ्वाइस
६ कार्तिक २०८१, मंगलवार १२:०७ | १ महिना अगाडी

एजेन्सी । मंगलबार अमेरिकी डलर र क्यानेडियन डलरको भाउ बढेको छ भने पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ २२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ८२ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३४ रूपैयाँ २१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ८१ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा बढेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७४ रूपैयाँ ८६ पैसा र बिक्रीमा १७५ रूपैयाँ ६४ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिदमा १७५ रूपैयाँ १६ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९५ पैसा तोकिएको थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ १२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५६ पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसा घटेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ६५ पैसा र बिक्रीमा १४६ रूपैयाँ ३० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८९ रूपैयाँ ७५ पैसा र बिक्रीमा ९० रूपैयाँ १५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ८१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रूपैयाँ ९० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३१ रूपैयाँ १९ पैसा र बिक्रीमा ३१ रूपैयाँ ३३ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १० पैसा र बिक्रीमा ४४० रूपैयाँ ०६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ५७ पैसा तोकिएको छ।

६ कार्तिक २०८१, मंगलवार १२:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading