वि.सं.२०८३ वैशाख २१ सोमवार

सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन दिए निर्देशन

khanepani

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

नागढुंगा सुरुङमार्गको अनुगमन गर्दै गजुरेलले उक्त निर्देशन दिएका हुन् ।

समिति सभापति गजुरेलले कुनै पनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने बताए ।

उनले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टि जनिाए ।

परियोजनाले २०८२ माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताए पनि फेरि साउनको दोस्रो हप्तामा भाका सारेको उनको भनाइ छ ।

उनले आफैँ सीमा तोक्ने र आफैँ ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताए ।

उनले परियोजनामा आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट भइसकेको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब ढिलाइ गर्न नहुने बताए ।

उनले आयोजनाको सेवा सञ्चालनको तयारीमा देखिएको कमजोरीप्रति पनि असन्तुष्टि जनाए ।

ranechhap