काठमाडौं। कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।
विश्वकर्माले पारिवारिक एवं शारिरिक समस्याको कारण देखाउँदै राजीनामा दिएका हुन्। सभापति गगन कुमार थापालाई सम्बोधन गर्दै पत्र लेखेका विश्वकर्माले संघका अन्य गतिविधिमा सक्रिय रहने जनाएका छन्।
उनी तत्कालीन सभापति शेर बहादुर देउवाको कार्यकालमा २०८० असोज १३ गते अध्यक्षमा नियुक्त भएका थिए।







































