वि.सं.२०८१ माघ २८ सोमवार

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शम्शेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई सरकारले तत्काल निलम्बन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेको जिकिर गरे ।

उनले भने ‘अहिलेको डिजीले राजीनामा दिनुपर्दैन ? अथवा डिजीले राजीनामा नदियो भने सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नुपर्दैन ? हामीले यो विभिन्न घटनाहरू हुन्छ । हामी सबैले संसदमा बोल्छौँ ।’

सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्नुपर्ने बताए ।

Untitled