हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजनीतिक स्थायीत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार नबनेको बताएका छन् ।
आइतबारको प्रदेश सभा बैठक सम्बोधन गर्दै उनले दुई दलबीच प्राविधिक हिसाब मिलाउनमात्रै समीकरण आरोप लगाएका हुन् ।
यस अघि उनले शरणार्थी प्रकरण, गिरिबन्धु फाइलकै कारण पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेकोसमेत मुख्यमन्त्री जम्कट्टेलले दाबी गरे । उनले दुई दलबीच भएको सहमतिसमेत बाहिर ल्याउनुपर्ने बताए ।