काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो । एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको रानीपोखरीका एआईजी सुशील सिंह राठौरले बताए । समितिलाई पाँच दिनको समय दिइएको छ ।
रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए । उनलाई प्रहरीहरुले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका थिए । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
बसमा आगो लाग्नु अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । त्यसपछि चालकले नै बसमा आगो लगाएको प्रहरीको आशंका छ । यद्यपी छानबिनपछि मात्रै यसको निकर्ष्ष निस्केन बताइएको छ ।





































