वि.सं.२०८३ असोज ५ सोमवार

सरकारलाई सांसद केसीको प्रश्न- आफ्नै मान्छे फस्ने डरले जेनजी आन्दोलनको प्रतिवेदन लुकाइएको हो ?

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नागरिकका समस्या समाधानको जिम्मेवार सरकार आफै अलमलिएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै रसुवा, नुवाकोट बाढीपीडितहरू अझै बिचल्लीमा परेको बताए।

उनले भने,‘चाडबाडको मुखमा अस्थायी पुनर्वासको व्यवस्थाको सुरसार छैन। संसदीय विशेष समिति चाँडो गठन होस्। विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्व प्रभुत्वमा देश सञ्चालित भइरहेको छ, यो दुखद पक्ष हो।’

उनले २४ भदौको आम विध्वंसको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग तत्काल बनाउन माग गरे।

उनले सोधे,‘अझै सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो कि के हो ? मानव अधिकार आयोगको प्रतिवेदन लुकाउनु जनताको सूचनाको हकमाथि आक्रमण हो। आक्रमण मात्र होइन अन्तर्राष्ट्रिय समुदायमा नेपालको बदनाम गर्नु पनि हो। आयोगको सिफारिस कार्यान्वयन नभएको गुनासो छ। यो संविधान र विधिको शासनको खिल्ली उडाउने निरङ्कुश प्रवृत्ति हो।’

ranechhap