वि.सं.२०८३ असोज ५ सोमवार

दैलेखमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

khanepani

दैलेख । दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सोमबार दिउँसो पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु.प्र.–०२–००१ ह १६५७ नम्बरको अटो भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा अटोमा चालकसहित तीन जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुल्लु नगरपालिका–२ का ७४ वर्षीय राम कामीको दुल्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा अटो चालक भैरवी गाउँपालिका–२ का २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ का ६५ वर्षीय गजबहादुर कामी रहेका छन् । दुवै जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो ।

ranechhap