वि.सं.२०८३ असोज ५ सोमवार

सभापति रवि लामिछानेमाथि एमाले सांसदले लगाएको आरोप रेकर्डबाट हटाउन सभामुखको निर्देशन

khanepani

काठमाडौं । सभामुख डिपी अर्यालले एमालेकी सांसद गंगादेवी श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको गम्भीर आरोप लगाएकी थिइन्।

सभामुखले सांसद श्रेष्ठले सदनमा बोलेको जेनजी आन्दोलन अगाडि भन्ने शब्ददेखि ती फाइलहरूसम्म भन्ने वाक्य हटाउन निर्देशन दिएका हुन्।

सांसद श्रेष्ठले सभापति लामिछानेमाथि आरोप लगाएपछि रास्वपा सांसद लालविक्रम थापाले नियमापत्ति जनाउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए।

ranechhap