वि.सं.२०८३ वैशाख १७ बिहीवार

सुजाताको समर्थनपछि नेता डा. शेखर कोइरालाले भने, ‘अब हामी एकैठाउँमा छौं’

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश बचाउन कांग्रेस एकढिक्का हुनुपर्ने बताएका छन् । भावी सभापतिमा शेखरलाई सघाउने सुजतापछि पार्टीभित्र एकताबद्ध भएपछि मात्रै अरु पार्टीसँग भएको सहकार्यको फल पाउने बताए ।

उनले भने, ‘अहिले हामी सरकारमा छौं, भोलि के हुन्छ कसैलाई थाहा छैन । अप्ठ्यारोमा देश गइरहेको छ । देशको आर्थिक अवस्था संकटमा छ । राजनीतिक स्थायित्व छैन । सुशासन छैन । हामी सबै मिलेर अगाडि जानुपर्छ ।’

उनले १५ औं महाधिवेशनको तयारीमा लाग्ने पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

शेखरले थपे, ‘अहिले हामी एकैठाउँमा उभिएका छौं । सुजातासँग पनि मेरो कुरा भइरहेको छ । पहिला पनि एकैठाउँमा थियौं । कहिलेकाहिँ तलमाथि हुन्छ । त्यसबारे चिन्ता गर्नुपर्ने अवस्था छैन ।’

ranechhap