एजेन्सी । फ्रान्समा भएको दोस्रो चरणको चुनावमा अप्रत्याशित रूपमा न्यू पपुलर फ्रन्ट नामको वामपन्थी गठबन्धनले चुनाव जितेको छ ।
५७७ सिटको फ्रान्सको सदनमा आवश्यक बहुमत २८९ नआए पनि वामपन्थी गठबन्धनले १८० सिट ल्याएको अमेरिकी समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।
एपीका अनुसार राष्ट्रपति म्याक्रोनको गठबन्धनले १६० सिट ल्याएको छ भने पहिलो चरणको चुनावमा सबैभन्दा अगाडि भएको नेसनल र्यालीले १४० मा चित्त बुझाएको छ ।
फ्रान्सका कुनै दल तथा गठबन्धनको एकल बहुमत नआएपछि संसद कमजोर भएको देखिएको छ ।
पाँच करोड हाराहारी मतदाता भएको फ्रान्समा आज पहिलो चरणको संसदीय निर्वाचन हुँदै
पहिलो चरणमा दक्षिणपन्थी दलले सबैभन्दा अगाडि आएपछि म्याक्रोनको गठबन्धनले २०० उम्मेदवारी फिर्ता लिएर जित्ने सम्भावना भएका वामपन्थी गठबन्धनलाई जिताउन पहल गरेपछि नजिता उल्टिएको फ्रान्सेली विश्व च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ ।