वि.सं.२०८३ वैशाख ४ शुक्रवार

जनतालाई सहज रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन सहजीकरण गर्छु : सभापति खड्का

khanepani

काठमाडौँ । नवनिर्वाचित सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले जनतालाई सहज रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन सहजीकरण गर्ने बताएका छन् । समितिको सभापतिमा निर्विरोध भएपछि पत्रकारहरूसँग खड्काले सार्वजनिक सेवा प्रवाहमा सहजीकरणमा आफूले भूमिका खेल्ने बताए ।

‘काम नगरेर बस्नेलाई अब छुट छैन । विभिन्न बहानामा बस्नेलाई छुट छैन । अब परम्परा तोडिन्छ । लेखाले अख्तियारले र सतर्कता केन्द्रले समाउँछ कि भने हुँदैन’ खड्काले भने, ‘ मौजुदा कानुन, ऐनको परिधिमा बसेर समयमा काम गर्नुपर्छ । जनताले सेवा पाउनुपर्छ ।’

सार्वजनिक सेवालाई अब चेतना र परिवेशलाई हेरेर ठिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।

ranechhap