वि.सं.२०८३ वैशाख ४ शुक्रवार

बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा पाँच जना घाइते

khanepani

बैतडी । बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर पाँचजना घाइते भएका छन् । पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बर र सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुवै चालकसहित पछाडी सवार पुर्चाैडी नगरपालिका–५ हिक्मत कुँवर, सिगास गाउँपालिका–९ का ३४ वर्षीय जयबहादुर चन्द र सिगास गाउँपालिका– ९ का २६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन् ।

ranechhap