वि.सं.२०८३ वैशाख १८ शुक्रवार

कर्णालीमा माधवपक्षीय सांसद पनि सरकार ढाल्न तयार ! एमालेको एकल सरकार बनाउन गृहकार्य

khanepani

सुर्खेत । कर्णाली प्रदेशमा ४० मध्ये २० सिट जितेको नेकपा एमाले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न एकढिक्का हुनसक्ने देखिएको छ । अब नेकपा एमालेको एकल सरकार बनाउन ढोका खुलेको नेताहरूले बताएका छन् ।

यसअघि एमालेको संस्थापन पक्षले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर पत्रसमेत बुझाइसकेको थियो । तर, त्यसमा सोही पार्टीका माधव नेपाल पक्षधर सांसदहरू सहमत थिएनन् । पछिल्लो विकास क्रममा दुवै पक्षका सांसदहरू सरकार ढाल्न एक ठाउँ उभिएको स्रोतले बताएको छ ।

सर्वोच्चको फैसलापछि अहिले सबै नेकपा एमालेमा आएका छौं । अब विगतका कमी कमजोरी सुधार गर्दै अघि बढौं भनेर संसदीय दलका नेता यामलाल कँडेलले प्रस्ताव गर्नु भएको छ, माधवपक्षीय एक सांसदले भने ।

यस विषयमा कँडेललले मन्त्री प्रकाश ज्वालासँग भेटेर कुराकानी गरिसकेको उनले जानकारी दिएका छन् ।

ती सांसद भन्छन्, ‘प्रदेशसभामा एमालेको सरकार बनाउने बारेमा शुरूमा पनि कुनै विवाद थिएन । अहिले पनि एमालेको यसमा सबै सकारात्मक नै छौं ।

केन्द्रमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले दलको तर्फबाट नेताहरूलाई स्पष्टीकरण सोधे पनि यहाँ नेता कँडेलले कसैलाई कुनै एक्सन लिएका छैनन् । त्यसैले एक ठाउँमा आउन सहज वातावरण भएको अर्का सांसदले बताए ।

यामलाल कमरेड सबैलाई मिलाएर एमालेलाई एकताबद्ध बनाएर लैजाने पक्षमा हुनुहुन्छ । बरु त्यसका लागि आफूले के गर्नुपर्छ त्यसमा तयार रहेको बताइरहनुभएको छ, सांसद बताए ।

कँडेलले पछिल्लो समय नेकपा एमालेको इन्चार्ज भइसकेपछि सन्तुलनकारी क्षमता प्रदर्शन गर्दै आएको उनको टिप्पणी छ ।

यसले हाम्रो पक्षका सांसदहरूमा पनि उत्साह थपेको छ र मिलेर जाने वातावरण बनेको छ, उनले भने ।

माधव नेपाल पक्षधर प्रभावशाली नेतृ देवी ओलीले एमालेकै नेतृत्वमा सरकार बनाउने गृहकार्य भइरहेको बताइन् ।

हामीले पहिले पनि एमालेकै नेतृत्वमा सरकार बनाइनुपर्छ भनेर माग गरेका थियौं । अहिले पनि हाम्रै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने पक्षमा छौं । अहिले एमाले एक्लैले सरकार बनाउने अवस्था कर्णालीमा आएको छ । यो मौका हामी गुमाउन चाहदैनौं, उनले भनिन् ।

यसका लागि नेताहरूबीच आवश्यक सल्लाह भइरहेको ओलीले बताइन् । समर्थन फिर्ताको निर्णयमा अबको केही दिनमा बस्ने वैठकले आवश्यक सहमति गर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रबाट सांसद धर्मराज रेग्मीलाई कारवाही भएको खण्डमा यहाँ हाम्रो एकल सरकार बन्छ,’ उनले भनिन् ।

एमाले संसदीय दलमा सभामुख राजबहादुर शाहीबाहेक १९ जना छन् । उनीहरूमध्ये ओली पक्षमा १० र नेपाल पक्षमा ९ जना बाँडिएका थिए । यी दुवै पक्ष मिल्दा १९ जना पुग्नेछन । यसका अलावा माओवादी केन्द्रबाट एमालेमा सांसद धर्मराज रेग्मी पनि आइसकेका छन् ।

रेग्मीलाई केन्द्रले कारबाही गरेका खण्डमा एमालेको एक्लै सरकार बन्ने बाटो खुल्नेछ । अन्यथा एमालेले राप्रपालाई साथमा लिएर सरकार बनाउने विकल्प छ ।

ranechhap