18, May, 2024

सेवाग्राहीसँग घुस लिएको आरोप लागेका मालपोत कार्यालय इनरुवाका नासु सुदिप कटुवाल र रमेश अधिकारी दोषी ठहर

बागमती भ्वाइस
बागमती भ्वाइस
२ चैत्र २०८०, शुक्रबार १५:३९ | २ महिना अगाडी

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोप लागेका भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रवार उनीहरूलाई दोषी ठहर गर्दै जनही ७५ हजार रुपैयाँ जरिवाना र ४ महिना कैद सजाय सुनाएको छ ।

उनीहरू एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

यस्तै ४ हजार रुपैयाँ घुस लिएको आरोप लागेका नापी कार्यालय नवलपरासीका अमिन गोविन्द ढकाल पनि दोषी ठहर भएका छन् ।

उनलाई एक महिना १५ दिन कैद र ४ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ ।

२ चैत्र २०८०, शुक्रबार १५:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading