18, May, 2024

एमाले र माओवादीबीच राष्ट्रिय सभा अध्यक्ष, शान्ति प्रक्रियाको बाँकी कामसहित नयाँ समीकरण बनाउने समझदारी

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ फाल्गुन २०८०, सोमबार ०८:३९ | २ महिना अगाडी

काठमाडौं । सत्तारुढ गठबन्धनको समीकरण परिवर्तन हुनेतर्फ राजनीतिक गतिविधि अघि बढेकाे छ । नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरुसँग मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको हो ।

कांग्रेस बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित नयाँ विकल्प जान तयारी भएको माओवादीका एक पदाधिकारीले जानकारी दिए ।

उनले भने, ‘अब कांग्रेसको दस्तावेजको कारणले नयाँ मोड लियो, अब मुख्यतया एमालेसँग सहकार्यको सहमति भएको छ । अब नयाँ समीकरणमा कोको थपिन्छन् छलफल चल्दछ ।’

आइतबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्षसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए । त्यस्तै, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए ।

२१ फाल्गुन २०८०, सोमबार ०८:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading