वि.सं.२०८३ वैशाख १७ बिहीवार

केयुकेएलका यूनियनहरुले सामुहिकरुपमा बुझाए सिईओलाई ज्ञापन पत्र, केन्द्रमा आएर काम गर्न दिए सिईओले चेतवानी

khanepani

काठमाडौं । काठमाडौं वासीलाई पानी वितरणको जिम्मेवारी पाएको सेवा प्रदायक संस्था काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारी युनियनका नेताहरु र्जुमुराउन थालेका छन ।

मेलम्चीको पानी काठमाडौं आउनै लागेको समयमा कर्मचारी युनियनहरुले बढाएको सक्रियतालाई सरोकारवालाहरुले निक्के गम्भीर रुपमा लिएको बताएका छन । काठमाडौं उपत्यकामा लामो प्रतिक्षा पनि मेलम्चीको पानी अब आउँछ कि भन्ने झिनो आशा पलाएको छ । यसै समयमा लामो समय खानेपानी मन्त्रालयको नेतृत्वमा बसेकि मन्त्री विना मगरको वर्हिगमन भएको छ ।

यस मन्त्रालयमा नयाँ नेतृत्व आएसगै यहाँ कार्यरत कर्मचारी युनियनहरु र व्यवस्थापक पक्षका कर्मचारीहरु पनि पानी वितरणको जिम्मेवारीको विषयमा बढी केन्दित भएको देखिएको छ ।

विगतमा मगरको समयमा निक्कै सुष्त जस्तो देखिएको मन्त्रीको सचिवालय पनि यस पटक निक्के जोशिलो र जागरिलो भएको मन्त्रालयका कर्मचारीहरुले बताएका छन ।

मेलम्चीको पानीलाई आफ्नो प्रतिष्ठासँग जोडिएको बताउँदै आएकि मन्त्री मगरले राजनितिक कारणले राजिनामा दिएसँगै नयाँ मन्त्री मणी थापाको आगम भएको छ खानेपानी मन्त्रालयमा ।

यो सँगै खानेपानी मन्त्रालयसँग जोडिएका संस्थान, वोर्ड र लिमिटेड वोर्डमा पनि मन्त्रालयबाट नयाँ सदस्यहरुको प्रतिनिधित्व भएको छ । केयूकेएलमा तिरेशप्रसाद खत्री वोर्ड सदस्यबाट अध्यक्ष भएका छन । उनी लामो समय मेलम्चीको सव– आयोजना (पिआईडी)को प्रमुख भएका थिए । हाल उनी मेलम्ची विकास समितिको प्रमुख पनि छन । त्यसै गरि काठमाडौं उपत्यका व्यवस्थापन वोर्डमा मन्त्रालयका सहसचिव रितेश शाक्यले सदस्यको प्रतिनिधत्व गर्ने भएका छन । मेलम्चीको पानी ल्याउन यी वोर्ड सदस्यहरुले मन्त्रालयसँग समन्वय गर्न समेत सहजहुने सरोकारवालहरुको भनाईरहेको छ ।

त्यसै गरि केयूकेएलमा प्रतिनिधित्व गर्ने कर्मचारीहरुका युनियन यस पटक अलिक फरक किसिमले एक जुट भएर कर्मचारीहरुको हकहितमा लागेका छन । उनीहरुले मेलम्चीको पानी वितरणको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्न केयूकेएलका कर्मचारीहरु सक्षम छन भन्दै आएका छन ।
केयूकेएलमा प्रतिनिधित्व गर्ने केयूकेएलका कर्मचारीहरुले सिइओ समक्ष आफ्ना मागहरु प्रस्तुत गरेर एक ज्ञापन पत्र बुझाएको कर्मचारी युनियनका गोपालसिंह धामीले बताएका छन ।

विशेष कार्यक्रम आयोजना गरि यूनियनहरुको तर्फबाट सारदा कड्यातले ज्ञापन पत्र वाचन गरेकि थिइन भने नवलसिंह साउँदले केयूकेएलका समस्या र समाधानका विषयमा गर्विलो प्रस्तुति गरेका थिए । त्यसैगरि अर्का युनियनका नेता सन्तबहादुर बोहोराले पनि कर्मचारीहरुका समस्याका विषयमा आफ्ना भनाइ राखेका थिए । विपिन सोपले ज्ञापन पत्र वाचन गर्न सारदा कठायतलाई सघाएका थिए । यस कार्यक्रमको संचालन गोपालसिंह धामीले गरेका थिए ।
कर्मचारी यूनियनका नेताहरुको तर्फबाट बुझाईको ज्ञापन पत्र बुझ्र्दै केयूकेएलका सिईओ मिलनकुमार शाक्य विगत भन्दा निक्कै फरक ढंगले प्रस्तुत भएका थिए ।

उनले भने, “कर्मचारी युनियनका नेताहरुले सरुवा बढुवामा भन्दा कार्यालयको काममा बढी ध्यान दिनु पारो । नेता भएका खरिद प्रमुख र लेखा प्रमुख हुन छोडेर अनुगमनमा हिड्नु पारो, नेताहरु शाखामा होइन केन्द्रिय कार्यालयमा बसेर व्यवस्थापनलाई सहयोग गर्नुस ।”
उनले लामो समयदेखिको रोकिएको सरुवा र बढुको काम अब चाडै गर्ने प्रतिवद्धता जाहेर गर्दै युनियनहरुलाई हस्तक्षेप र दवाव दिए नराम्रो हुने चेतवानी समेत दिएका दिए ।

हिजो सिइओलाई ज्ञापनपत्र बुझाएका कर्मचारी यूनियनका अध्यक्षहरुले आज मन्त्रीलाई समेत भेट्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतले बताएको छ ।

ranechhap