समाचारका चाङ बग्रेल्ती छन । यसलाई समालेर पाठकसम्म पु¥याउने समय र आट दुबै सकिएको अनुभुती हुन्छ । भ्रष्टाचार र अनियमितताले थिल थिलो भएको त्यो कम्पनी लगभग उठ्नै नसक्ने अवस्थामा पुगेको देखेर म आफैलाई अैठन भएर आउँछ । यो कम्पनी डुब्दा मेरो केहि डुब्दैन । यो कम्पनी रहनु र नरहुनुसँग मेरो कुनै साइनो केहि छैन । यो कम्पनीले मेरा लागि दुई पैसाको काम पनि गरेको छैन । अब पनि यसले मेरो केहि गरिदेला कि भन्ने आशा पनि छैन । म यस राजधानीको स्थायी बासीन्दा पनि होइन । यसले मेरो कुनै प्यास मेटाउला कि भन्ने आशा पनि छैन । मेरो दैनिकि र बसाई यो कम्पनीको सेरोफेरो भन्दा निक्कै टाढा छ ।
तर, पनि यस कम्पनीसँग मेरो पुरानो माया मरेको भने रहेनछ । जब म यस कम्पनीमा भएका अत्यचार, दुराचार, भ्रष्टाचार र अनियमितता गर्ने विरुद्ध लेख्न थाल्छु मेरो मन नमिठोसँग अमिलो भएर आउँछ । मन र मुटु चस्क्क भएर आउँछ । मेरो पो यससँग साइनो छैन तर, यसैसँग साइनो गाँसेर आफ्नो र आफ्ना लालाबालाको भविष्य खोज्नेहरु त छन नि ? तर, उनीहरुलाई यस कम्पनीको उन्नती भन्दा उदो गति नै मन परेको देखेर भने मेरो मन भरङ्ग हुन्छ ।
जसलाई यसले पाल्छ, खाना दिन्छ, लगाउन दिन्छ, छोरा छोरीको शिक्षा र दिक्षाका लागि पहल गर्छ तर, त्यसरी कम्पनीको दोहन रातदिन भइरहदाँ मन्दमुस्कानकासाथ किच्च दाँत देखाउँदै अपराध लुकाउने छिद्रा खोज्दै हिडेको देख्दा आक्रोशको ज्वाला आगोको लप्का जस्तै लप्काउँछ ।
हेर्छु, फेरी अनियमित काम गरेका समाचारका चाङ । लेख्नु छ, समाचार । रोक्नु छ भ्रष्टाचार । यो काम गर्न धेरै कठिन रहेछ ।
मेरो पत्रकारीताको अभ्यासको क्रममा सरकारी कम्पनी देखि प्राइभेट कम्पनीसम्मलाई अहिलेको अवस्था भ्रष्टाचार र अनियमित काम गर्नेहरुका लागि स्वर्णयुग नै भएको आभाष भएको छ । लेख्नेहरुका विरुद्ध अनेक जालझेल र तानावान बुन्ने, समाचार लेख्नेहरुको सामाजिक र पारिवारीक सम्बन्धमा खेल्न खोज्ने । भ्रष्टचारीहरु गोलबन्दहुने र आफ्ना अपराध लुकाउन अनेक षडे्यन्त्र गर्ने, कानुनलाई समेत आफु अनुकुल प्रयोगगरि विषययन्त्र गर्ने गरेको देखेर म अचम्मीत भएको छु ।
मैले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको समाचार लेख्न थालेको करिव सात महिना भए छ । यस वीचमा लेखेका सबै समाचारहरुको पुष्टि भएको छ । केयुकेएलमा मिलनकुमार शाक्य प्रमुख कार्यकारी अधिकृत भएर आएपछि यहाँ शूरु भएको प्रिपेड र पोस्टपेड कथा दुवो मौलाए जसरी मौलाएको छ ।
केहि कर्मचारी यूनियनका नेताहरुको क्रिडा स्थल भएको केयूकेएल यतिखेर कुनै शाखा नेकपा यूनियनका र कुनै शाखा नेपाली कांग्रेसका नेताहरुको बक्रस्थल हुन पुगेको छ ।
खानेपानीमा राम्रो शाखामा बसेर दाम कमाउनकै लागि यूनियन खोलेर नेता हुने चलन पनि छ । नेपाली कांगेस देउवा र पौडेल समुहको यूनियन हुनुले पनि यसको पुष्टि गरेको छ ।
यतिखेर लेखामा नेपाली कांगे्रसका नेताहरुको दबदबा छ, भने प्रशासन र खरिद तर्फ नेकपा नेताहरुको द्रब्यस्थल हुन पुगेको देखिएको छ । महाँकाल चौर शाखामा लेखामा राजु कोइरालाको दवाब छ भने स्टोरमा पनि नेपाली कांगे्रसकै नेताहरुको चर्को चलखेल छ । खरिद र प्रशासनमा नेकपा यूनियनका अध्यक्ष नवलसिंह साउदको प्रेसर छ । उनी कम्पनीको सम्पतीलाई आफ्नै जसरी प्रयोग गरिरहदाँ समेत शाक्यको आँखाबाट वादल हटेको छैन । साउदले प्रयोग गर्न लगेको मोटर साइकल छोराले चढेको बर्षौ हुदाँ र समाचार आउँदा सम्म कसैको ध्यान नजानुले पनि यहाँ लुटेराहरुको राज्य स्थापित भएको बुझ्न त्यति अप्ठारो छैन ।
गोर्कण क्षेत्रमा वितरण भएका करिव ५ सय धारा जडान गरिएको ग्राहकहरु कथा झनै कारुणीक छ । २५ हजार देखि ५० हजार दिएर जडान भएका धारा केयूकेएलको रेकर्डमा नआउनु अर्को लाजमार्दो विषय भएको छ ।
त्यसैगरि केयूकेएलको महाराजगञ्ज शाखाको अवस्था झनै विचित्रको छ । करिव आठ, नै महिना भित्र जागिरबाट विदा लिन लागेका मुकुन्द भण्डारी नेकपाका नेता हुन । लेखाका लेखबहादुर बस्नेत पनि नेकपाकै हर्ताकर्ता हुन । प्राविधिक शाखामा पनि नेकपाकै रविन खड्का छन भने पिसी चाँहि दिलकुमार तन्डुकारलाई उठाउने जिम्मा छ । तन्डुकार धेरै जुनियर कर्मचारी हुन । यहि शाखामा छन । गुरु महाराज सन्त दक्ष पोख्रेल । उनी हुन नेपाली कांग्रेस देउवा समुहका नेता । यहाँ हाकिम छन, नेकपाकै नेता रमेश केसी । उनी खानेपानीका निक्कै चल्तापुर्जा कर्मचारीहरुकै कोटिमा पर्दछन ।
उनी जो सुकैलाई पनि साम, दाम र धम्की दिएर ठिक पर्न सक्ने कार्यालय प्रमुख हुन । उनका विषयमा अख्तियार, प्रधानमन्त्री र राष्ट्रिपतिकोमा उजुरी गरेपनि केहि फरक पार्ने वाला छैन । किन कि उनीसँग छ सिङ्गो केपी ओली सरकार ।
त्यसैगरि जाउलाखेल शाखामा छन, नेपाली कांग्रेस लाइनका नेता डिपि चापागाई त्यहाँको मोर्चा समालेका छन नेपाली कांग्रेस पौडेल समुहका अर्थात केयुकेएलमा तेजेन्द्र कार्कि समुहका अध्यक्ष सन्तकुमार बोहोराले । क्रमश…









































