सप्तरी । नेपाली कांग्रेसको सप्तरी सभापतिका लागि संस्था पक्ष र संस्थापन इतरबाट उम्मेदवारी दर्ता भएको छ ।
राजविराजस्थित औद्योगिक क्षेत्रमा स्थापना भएको निर्वाचन कार्यालयमा पुगेर दुवै पक्षले उम्मेदवारी दर्ता गराएका हुन् ।
डा. शेखर कोइराला पक्षबाट सभापतिमा रामदेव साहले उम्मेदवारी दिएका छन् । यस्तै यो समूहबाट उप-सभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरीले उम्मेदवारी दिएका छन् ।
यस्तै सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सह-सचिवमा रामसुन्दर मण्डल र मोहम्द मुस्लिमले उम्मेदबारी दिएका छन् ।








































